काठमाडौं उपत्यकामा कोरोना संक्रमित हजारको हाराहारीमा, दिनकै जोखिम बढ्दै

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नौ सय दुई जनामा कारोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो मध्ये काठमाडौंमा ६ सय ९७, भक्तपुरमा ९३ र ललितपुरमा एक सय १२ कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमित हुनेमा काठमाडौंमा दुई सय ७४ महिला र चार सय २३ पुरुष, भक्तपुरमा ५३ महिला र ४० पुरुष, ललितपुरमा ४६ महिला र ६६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार काठमाडौंमा सात सय ४७ , भक्तपुरमा ७३ र ललितपुरमा एक सय १४ गरी नौ सय ३४ लाई कोरोना संक्रमण भएको थियो। परीक्षणको दायरा उत्तिकै रहँदा पनि संक्रमितको संख्या उपत्यकामा बढ्दै गएको देखिन्छ। य

सले राजधानीमा संक्रमितको संख्या धेरै हुनसक्ने अनुमान विज्ञहरुको छ। मन्त्रालयले भने उपत्यकामा बढ्दो भीड र असावधानीलाई मध्यनजगर गरेर परीक्षणको दायरा फराकिलो बनाउने योजना भने ल्याइसकेको छैन ।