देशभर थपिए १५ सय ५९ कोरोना संक्रमित, २०१ जना आईसियूमा

काठमाडौं । देशभर बुधबार एक हजार पाँच सय ५९ संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर सो संख्यामा संक्रमित थपिएका हुन। योसँगै देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार आठ सय ९१ छ।

देशभरका विभिन्‍न अस्पतालबाट यो अवधिमा एक हजार ५७ जना डिस्चार्ज भएका छन् । हालसम्म ५६ हजार चार सय २८ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ५ प्रतिशत छ।

२४ घन्टामा देशभर १२ हजार २०५ जनाको पीसीआर परीक्षण भएको छ। हालसम्म कूल १० लाख २१ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

देशभर आजको दिनमा ३० कोरोना संक्रमितको भेन्टिलेटरमा र २०१ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ। आजसम्म जम्मा संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ।