याद !

० तिला लेकाली

ए समय !
उसको आँखाको छेउकै बाटो भएर
निरन्तर किन आइरहन्छ
एक अमुक मान्छेको याद।

अर्कै ब्याडमा रोपिएको हो
अर्कै जात, अर्कै परिवेस
अर्कै धरातल र हावापानीको मान्छे
जो अर्कै मुहानबाट उम्रेको हो
र मिसिन्छ आफ्नै समुन्द्रमा
अर्कै धाराको पानी पिउँछ
जिउँछ आफ्नै माटोमा
हिंड्छ आफ्नै बाटोमा।

न वासना, न कामना, न तिर्सना
बिना कुनै स्वार्थ वा आशक्ति
किन आइरहेछ यसरी तिम्रो
आँखाको छेउकै बाटो भएर
यो याद ।

(बेलबारी, मोरङ)