तीन मुक्तक

० टीका सापकोटा

बतासले नि उसकै, आहाट लिएर आयो
यादमा हाम्रोमीठो, मुलाकात लिएर आयो
बाटोमै बिछ्याएँ यी आँखाहरू आउला भनी
ऊ आएन, कोही रातो, बाकस लिएर आयो ।
०००

गएको हो ऊ घरको लालपूर्जा, साहुको पाउमा राखेर
आफूसँगै परिवारको पनि, जीवन दाउमा राखेर
ऊसँगै जले हराए सजाएका, तीं सुन्दर सपनाहरू
बिलायो दूर गगनका जेथा, सबै अर्काको नाउमा राखेर ।
०००
बग्यौ तिमी मलाई, एक्लो किनार बनाएर
बाँच्न चाहन्थेँ तिमीलाई, आधार बनाएर
मेटिइसकेँ यो दिलमा, प्रेमका रेखाहरू
भर्न सक्दिन रङ, अब आकार बनाएर ।