मिसेस नेपालको आवेदन खुल्ला

काठमाडौं । बिवाहित महिलाको सौदर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’को आवेदन खुल्ला भएको छ ।
आयोजनक इप्लानेट प्रालिले बुधबार विज्ञप्ती जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुल्ला भएको जनाएको हो।

ग्रिन आर्ट्स नेपालको संयोजन रहने प्रतियोगीताको यो बर्ष कोभिड १९ को महामारीलाई ध्यानमा राखेर अनलाइन तथा अफलाइन दुबै माध्यमबाट आवेदन दिनसक्ने ब्यवस्था गरिएको छ।

प्रतियोगिताका लागि आवेदन प्राप्त ब्यक्तिमध्य पनि आन्तरिक छनौटमा परेका उत्कृष्ट प्रतियोगीलाई मात्र ‘मिसेस युनिभर्स २०१९’ अनिला श्रेष्ठलगायत बिभिन्न बरिष्ठ ब्यक्तिबाट प्रशिक्षण प्रदान गरिनेछ।
२१ वर्षदेखि ५५ वर्ष उमेर बीचका विवाहित नेपाली महिलाले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्।

गृहिणी जीवन बिताइरहेका महिलालाई सौन्दर्य बाहेक सामाजिक क्रियाकलापदेखि आफ्नो व्यक्तित्व विकास गराउनेसम्म धेरै किसिमको काममा सक्रिय सहभागिता जनाउने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागेको आयोजक संस्था इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए।