गायन विजयको ‘माया बैगुनी’

काठमाडौं । गायक विजय शंखरले नयाँ म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक गरेका छन्।

गीतमा विजय शंखर र गायिका विमोचना लोम्जेलको स्वर रहेको छ। गीतका शब्द तथा संगीत गायक शंखरकै हुन्। गीतको संगीत संयोजन टेकेन्द्र याक्शो लिम्बुले गरेका हुन्।

रोमान्टिक भिडियोमा अभिनेत्री आँचल शर्मा र मोडेल निराजन प्रधानले अभिनय गरेका छन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्।

सोनाम पाख्रिनको निर्देशन रहेको भिडियोलाई सुशील न्यौपानेको सम्पादन गरेका हुन्।