प्रवान जे र दिपशिखाको ‘माछी भुल्यो’ गीत सार्वजनिक

काठमाडौं । गायक तथा सर्जक प्रवान जे र भारतीय गायिका दीपशिखाको स्वर ‘माछी भुल्यो’ बोलको लोकदोहोरी गीत बजारमा आएको छ।

मोडेल तथा अभिनेता पल शाह र रियाशा दाहालले अभिनय गरेको गीतमा भारतीय गायिका दीपशिखाले पहिलोपटक लोकदोहोरी गीतमा आवाज दिएकी हुन्।

क्लासिकल विधामा अब्बल मानिने दीपशिखाले ७० भन्दा बढि गीत गाईसकेकी छन्। भारतको लखनउmमा जन्मेकी उनी मुम्बईमा बस्दै आएकी छन्। उनले हाल सम्म १० वटा भन्दा बढी नेपाली गीतमा स्वर दिइसकेकी छन्।

गीतको भिडियो प्रभावन जेले नै निर्देशन गरेका हुन्। छायाँकन ज्ञानेन्द्र शर्मा हुँमागाईले गरेको गीतका शब्द पनि प्रभावन जेकै हुन्। गीतमा एरेन्ज जीवन वडुको रहेको छ।