लाभांश बाँड्दै टेलिकम

काठमाडौं । आम ग्राहकबाट विभिन्न सुविधाका नाममा आर्जन गरेको मुनाफा नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई बाँड्ने भएको छ । प्रतिशेयर ५५ का दरले नगद लाभांश बाँड्न लागेको टेलिकमले जनाएको छ ।

नेपाल दूरसञ्चार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय टेलिकमले गरेको हो ।

कम्पनीको ऐनको दफा १८२ को उपदफा २ बमोजिम लाभांश वितरणका लागि सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । सरकारबाट स्वीकृति भएपछि कम्पनीको आगामी एघारौँ वार्षिक साधारणसभाबाट स्वीकृति भएबमोजिम वितरण गरिने टेलिकमले जनाएको छ ।