भीम बिसीको नयाँ गीत ‘पावरवाला चश्मा’

काठमाडौं– केही दिन अघि झुम्क्या बुँलाकी बोलका गीतबाट निकै चर्चा बटुलेका गीतकार तथा संगीतकार भीम बिसीको नयाँ गीत ‘पावरवाला चश्मा’को भिडियो सार्वजनिक भएको छ।

प्रताप दास र एन्जिला रेग्मीको स्वरमा रहेको गीतमा शब्द र संगीत भीमको छ।

भिडियोमा अभिनेत्री आश्मा गिरी, सहिन प्रजापति, कुशल बिष्ट र अनिता बस्नेतले अभिनय गरेका छन्।

नेफोली क्रिएसन्सको प्रस्तुति रहेको गीत युट्युव च्यानल नेफोली क्रिएसन्समा अप्लोड गरिएको छ। भिडियोको निर्देशन सहिन प्रजापतिले गरेका हुन्।

सियोन श्रेष्ठले कोरियोग्राफी गरेको भिडियो नवराज उप्रेतीले छायांकन गरेका हुन्। प्रलभ ढुंगाना र कौशलराज खड्का निर्माता रहेको भिडियोमा दुई प्रेमी जोडीको बृद्धाबस्थासम्मको प्रेमभाव दर्शाइएको छ।

दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको भिडियोमा गायक प्रताप र गायिका एन्जिलालाई पनि प्रस्तुत गरिएको छ।