लिलामे माइलो अन्तिम सातामा

काठमाडौं । नेपाली मौलीक कथा वस्तुमा बनेको लोक नाटक लिलामे माइलोको प्रर्दशनीको अन्तिम हप्तामा प्रवेश गरेको छ । मंसिर १४ बाट सुरु भएको नाटक पुस ७ गते सम्म मञ्चन हुनेछ ।

नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको कुञ्ज थिएटरमा नाटक मञ्चन भैरहेको छ । नाटक हरेक दिन बुधबार बाहेक ४ः३० बजे शनिबार र सार्वजनिक बिदाको दिन दिउँसो १ बज मञ्चन भइरहेको छ ।

रिमेक ड्रामा बन्ने चलन आईरहेको अवस्थामा लिलामे माइलोे पृथक नेपाली मौलिक कथा वस्तुमा बनेको कारणले पनी दर्शकको राम्रो साथ पाईरहेको कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिनुभयो ।

नाटक मगर समुदायको कथा वस्तुलाई लिएर बनाईएको छ । धेरै पछि काठमाडौंको नाटक घरमा मोरङको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको नाटक प्रस्तुत गरिएको हो ।