आईपीएलमा आज ब्यांग्लोर र हैदराबाद भिड्दै

काठमाडौं । आईपीएलको १३ औँ सीजनको एलिमिनेटर आज आबुधाबीमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स ब्यांग्लोरबीच हुने भएको छ।

खेल साँझ पौने ८ बजे हुँदैछ। जित्ने टीमले फाइनलमा पुग्नका लागि दिल्ली क्यापिटल्ससँग खेल्नुपर्नेछ।

दिल्ली मुम्बई इण्डियन्ससँग पहिलो क्वालिफायरमा ५७ रनले पराजित भएको छ।