गजल

० तिला लेकाली
मुठी मानो होइन, सानू मुरी बनेर आऊ
भत्किएका छाना होइन, धुरी बनेर आऊ

देबी हौ दुर्गा हौ लक्ष्मी, सरस्वती पनि तिमी
तिमी शक्ति हौ, निडर बहादुरी, बनेर आऊ

समाज सक्तिन, हुँदैन नै, पढाउँछ अझै
बोकेर सुदर्शन चक्र, सुरी बनेर आऊ

कालो बादल, कालो ईतिहास मेटाउनु छ
कम्जोर नठान आफू,आँधी हुरी बनेर आऊ

आमा हौ कुनै प्रतिशोध साँध्नु हुन्न तिमीले
अन्याय सहनु पाप हो, छुरी बनेर आऊ

(बेलबारी, मोरङ)