दीपावलीमा ‘गुञ्जन’को फस्टलुक

काठमाडौं । अष्ट महर्जनको निर्देशन रहेको फिल्म ‘गुञ्जन’को फस्टलुक सार्वजनिक भएको छ ।
दीपावलीको अवसर पारेर निर्माण युनिटले फिल्मको एक प्रेममय पोष्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोष्टरमा फिल्मका अभिनेता प्रिमतराज सेन्चुरी र अभिनेत्री सारा सिर्पालीको प्रमिल तस्बिर देख्न सकिन्छ।

बिगत दुई दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्टको निर्देशनमा यो डेब्यु फिल्म हो।
आफूले फिल्म क्षेत्रबाट सिकेको, जानेको सबै ‘गुञ्जन’मा खन्याएको अष्टले बताए।

फिल्ममा सारा र प्रितमराजबाहेक सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतको अभिनय छ।

प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् । हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो।

फिल्ममा अभिनेत्री नीता ढुङ्गानाको आइटम डान्स समेत छ।

राजु श्रेष्ठको छायाँकन, बिपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको छ। फिल्म काठमाडांै, पोखरा, जोमसोममा छायाँकन गरिएको थियो।