नेकपा विवादमा राष्ट्रपति र चिनियाँ राजदूत सक्रिय, सचिवालय बैठक बोलाइएकै बेला मन्त्रिपरिषद् बैठक

काठमाडौं । जब जब नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा शंकटको बादल मडारिन्छ, त्यतिबेला पदीय मर्यादा र कुटनीतिक मर्यादाको पनि ख्याल नगरिएका दृष्टान्त बाहिर आउने गरेका छन्।

नेकपामा तस्रोपटक विभाजनको शंकट मडारिएका बेला राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया राजदूत हाउ यान्छी पुनः सक्रिय भएका समाचार बाहिरिएका छन्।

नेकपा विवाद चरमउत्कर्षम पुगेका बेला विगतमा जस्तै चिनियाँ सक्रियता र बढेको बताइएको छ। राजदूत हाउ यान्छीले मंगलबार राति करिब डेढ घन्टा प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गरेकी छिन्।

विगतको नेकपा विवाद पनि राजदूत यान्छीको सक्रियताले साम्य भएको सन्देश आमस्तरमा गएको थियो।

जसले राजदूत यान्छीको कुटनीतिक मर्यादा र पार्टीको गरिमामा गम्भिर धक्का महसुस गरिएको थियो।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आज सचिवालय बैठक बोलाए पनि अध्यक्ष ओली पक्ष भने दाहालको लिखित प्रस्ताव विभाजनकारी भएको भन्दै बैठक नबस्ने पक्षमा छ।

जसका लागि ओलीले सचिवालय बैठक बोलाएकै समयमा मन्त्रिपरिषद बैठक डाकेका छन्।

विवाद उत्कर्षमा पुगेका बेला राति ९ बजे चिनिया राजदूत यान्छी ओलीलाई भेट्न बालुवाटार पुगेको र उनी साढे १० बजे रातिसम्म ओलीसँग वार्तामा रहेको बताइएको छ।

यान्छीसँगको भेट लगत्तै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए।

यसअघि पनि सचिवालय बैठकमा अध्यक्ष दाहाल, माधव नेपाल, झलनाथ खनाललगायत, बामदेव गौतमलगायतका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको थियो।

त्यसबेला पनि चिनियाँ राजदूत यान्छीको सक्रियता सतहमै आएको थियो। मंगलबार राति भएको भेटमा राजदूत यान्छीले पार्टी विवादको विषयमा चासो राखेको बुझिएको छ।

राजदूतसँग भेटेपछि शितलनिवास
चिनियाँ राजदूत यान्छीसँग बालुवाटारमा छलफल सकिएपछि प्रधानमन्त्री केपी आफूमाथि आइपरेको संकटका विषयमा परामर्श गर्न राति नै शीतलनिवास पुगेका थिए। यद्यपति उनको सचिवालयले यसलाई स्वीकारेको छैन।

सचिवालयको वबहुमत आफूतिर नभएपछि उनी परामर्शका लागि शितल निवास पुगेका थिए। ओली जुनसुकै अवस्थामा पनि आफू सुरक्षित हुने उपायमा लागेको स्रोतको दावी छ।

यसका लागि ओलीले राष्ट्रपति भण्डारीलाई पटकपटक भेटेर छलफल गरेका छन् ।

यसक पछाडि दल विभाजनको अध्यादेशदेखि संसद विगठनसम्मको कदल ओलीले चाल्नसक्ने अनुमानहरु राजनीतिक वृत्तमा हुन थालेको छन्। तर यसमा कुनै आधिकारिक पुष्टि भने छैन।