जर्मनीमा कोरोनाको दोस्रो वेभ, आठ लाखभन्दा बढी संक्रमित, जनता लकडाउनको बिरोधमा

एजेन्सी । जर्मनीमा कोभिड १९ का संक्रमितको संख्या ८ लाख नाघेको छ। गएको २४ घन्टामा यहाँ १७ हजार ५८१ जना नयाँ संक्रमित थपिएको बताइएको छ।

योसँगै यहाँ कोरोना संक्रमितको संख्या ८ लाख ३३ हजार ३०७ जना पुगेको छ।

यस संक्रमणबाट जर्मनीमा कम्तीमा १३ हजार ११९ जनाको मृत्यु भएको छ। जर्मनीका अधिकारीहरुले गएको २४ घन्टामा कम्तीमा पनि ३०५ जनाकोे ज्यान गएको बताएका छन्।

जर्मनीको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्ला केही दिनमा कोरोना संक्रमितको मृत्युको दर बढ्दै गएको जनाएको छ।

जर्मनीमा कोभिडको दोस्रो वेभ आएको बताइएको थियो। त्यसैले पनि यहाँ नोभेम्बर महिनादेखि कतिपय क्षेत्रमा लकडाउन गरिएको छ।

तर लकडाउनको यहाँका नागरिकले विरोध गरिरहेका छन्। त्यसैले जर्मनीको केन्द्र सरकारले भने लकडाउनको अवस्थालाई थप विस्तार नगरिने जनाएको छ।