विश्वभर ५ करोड ६५ लाख कोरोना संक्रमित, मृतकको संख्या १३ लाख ५४ हजार नाघ्यो

एजेन्सी । विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट विश्वमा पाँच करोड ६५ लाखभन्दा बढी मानिस संक्रमित भएको वर्ल्डोमिटर्स डट इन्फोले देखाएको छ। हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ६५ लाख ५४ हजार नौ सयभन्दा बढी मानिस संक्रमित भएका छन्।

त्यसमध्ये तीन करोड ९३ लाख ४८ हजार पाँच सय ८५ जना निको भएका छन्। कोरोनाका कारण विश्वमा हालसम्म १३ लाख ५४ हजार पाँच सयभन्दा बढीले ज्यान गुमाएका छन्।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा भारत परेको छ। अमेरिकामा संक्रमतिको संख्या एक करोड १८ लाख ७३ हजार सात सय २७ र भारतमा संक्रमितको संख्या ८९ लाख ५८ हजार एक सयभन्दा बढी पुगेको छ।

तेस्रो नम्बरमा रहेको ब्राजिलमा ५९ लाख ४७ हजार चार सय संक्रमित भएका छन्। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशहरुमा फैलिसकेको छ।