राष्ट्रपति ट्रम्पलाई अर्को झट्का, दोस्रोपटकको मत गणनामा पनि जर्जियामा बाइडेनको जित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्लाई जर्जिया राज्यको मत गणनामा दोस्रोपटक झट्का लागेको छ।

जर्जियाका निर्वाचन अधिकारीले यस कुराको पुष्टि गरेका छन् कि ‘जो बाइडेनले डोनाल्ड ट्रम्पलाई फेरि हराइदिएका छन्।’

जर्जियाको सुरुवाती नतिजामा जो बाइडेन अगाडि देखिएका थिए तर ट्रम्पले नतिजामा आपत्ति जनाएपछि दोस्रोपटक हातले मत गन्ती गरिएको थियो।

कूल मतका हिसाबले अहिले जो बाइडेनको तिजको अन्तर ५९ लाखभन्दा बढी छ।

अमेरिकाको इलेक्टोरल कलेज सिस्टम अनुसार जो बाइडेनसँग ३०६ र ट्रम्पसँग २३२ मत छन्। जितका लागि २७० मतको आवश्यकता हुन्छ ।

जो बाइडेनले एकपटक फेरि हार स्वीकार नगर्नका लागि ट्रम्पलाई व्यंग्यात्मक आलोचना गरेका छन्। उनले यो पनि भनेका छन् कि– ‘ट्रम्पलाई थाहा थियो कि उनी जित्नेवाला छैनन्।’