शुक्रबार थपिए १९ सय ४५ जना संक्रमित, एकै दिन २२ जनाको मृत्यु, ५३ सय ६४ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार नौ सय ४५ जनालाई कोरोना संक्रमण भएको छ। आज एकै दिन पाँच हजार तीन सय ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

योसँगै देशभर आजसम्म कारोना मुक्त हुनेको संख्या एक लाख ९१ हजार दुई पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज १० हजार तीन सय ४० जनाको पीसीआर परीक्षण गरिएको थियो ।

आज थपिएका १९ सय ४५ सहित आजसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या दुई लाख १६ हजार नौ सय ६५ पुगेको छ।

२४ घन्टामा देशभर थप २२ संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार दुई सय ९८ पुगेको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६ सय ६५ छ।