‘मी टु’को सुरुवात गरेकी अभिनेत्री तनुश्रीको दशकपछि बलिउडमा ‘कमब्याक’

काठमाडौं । बलिउडको पर्दाबाट करिब १० वर्ष हराएकी अभिनेत्री तनुश्री दत्त पुनः बलिउडमा फर्कने घोषणा गरेकी छन्। त्यसका लागि उनले आफूलाई स्लिम रुपमा प्रस्तुत गरेकी छन्।

दुई वर्षअगाडि बलिउडमा ‘मी टु’को सुरुवात गरेकी तनुश्री सन २०१० देखि पर्दाबाट टाढिएकी थिइन्। १० वर्षदेखि दर्शकमाझ पर्दामा नदेखिएकी तनुश्रीले अब भने कमब्याकको तयारी गरेको खुलाएकी छन्।

तनुश्रीले सामाजिक संजालमा स्टाटस लेख्दै ‘आफूले केही खराब मानिसहरूका कारण बलिउड छाड्नुपरेको’ उल्लेख गरेकी छन्।

अमेरिकामा आईटी ट्रेनिङ लिए पनि आफ्नो मनमा कलाकारिता नै रहेकाले अमेरिकाको डिफेन्स सेक्टरको जागिर नगरेको उनले बताएकी छन्।

समाजिक सञ्जालमा लेखेकी छन्, ‘केही खराब मानिसका कारण मैले बलिउड छाड्नुपरेको थियो। मैले हतारमा बलिउडको विकल्प सोचेकी थिएँ। बलिउड र मुम्बई मेरो लागि विशेष छन्य, त्यसैले अब म केही समय बलिउडमा रहन्छु र केही राम्रो प्रोजेक्टमा काम गर्छु।’

तनुश्रीले आफूलाई केही चलचित्र र वेव सिरिजबाट अफर आइरहेको पनि खुलाएकी छन्। उनले साउथका तीन ठूला चलचित्रका प्रोजेक्टको म्यानेजर र मुम्बइको १२ कास्टिङ अफिससँग आफू जोडिएको पनि उल्लेख गरेकी छन्।

उनले केही ठूला प्रोडक्सन हाउससँग चलचित्रमा मुख्य भूमिकाका लागि आफ्नो कुरा भैरहेको पनि उल्लखे गरेकी छन्। उनले १५ केजी तौल घटाएपछि आफू सुन्दर देखिएको पनि बताएकी छन्। ३६ बर्षकी तनुश्रीले बलिउडमा ‘आशिक बनाया आपने’, ‘हर्न ओके प्लिज’, ‘ढोल’ जस्ता चलचित्रमा काम गरेकी थिइन्।