चन्द्रागिरी हिल्सलाई आईपीओ निष्काशन अनुमति

काठमाडौं । चन्द्रागिरी हिल्सलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ।

बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न कार्तिक २८ गते अनुमति दिएको हो।

बोर्डले स्थानीय र सर्वसाधारणको लागि १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्काशन कम्पनीलाई अनुमति दिएको हो। यो जारी पूँजीको १२ प्रतिशत हो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई रहेको छ। आईपीओे निष्काशनका लागि अनुमति माग्दै कम्पनी जेठ २५ गते बोर्ड पुगेको थियो।