बङ्गलादेशमा संक्रमण तीव्र, चार लाख ४५ हजारभन्दा बढीलाई कोरोना

एजेन्सी । बङ्गलादेशमा शनिबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख ४५ हजार २८१ नाघेको छ।

त्यहाँको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार मुश्लिम बहुल यस मुलुकमा कोरोना सङ्क्रमित छ हजार ३५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

विगत २४ घण्टामा १२ हजार ६ सय ४३ व्यक्तिको पीसीआर परीक्षण गरिएकोमा एक हजार आठ सय ४७ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ।

शनिबार कोरोना सङ्क्रमित थप २८ जनाको मृत्यु भएको छ। बङ्गलादेशमा शनिबार सङ्क्रमणमुक्त भएका एक हजार नौ सय २१ व्यक्तिसहित अहिलेसम्म तीन लाख ६० हजार तीन सय ५२ व्यक्ति निको भएका छन्।

सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोरोना सङ्क्रमितको मृत्यु दर १.४३ प्रतिशत छ। अहिलेसम्म ८०.९३ प्रतिशत विरामी निको भएका छन्।