कपिलवस्तुमा नयाँ शक्तिको भेला

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाँउपालिकामा शनिबार नयाँ शक्ति नेपालको गाउँ भेला सम्पन्न भएको छ । विजयनगर गाउँपालिका समन्वय समिति कपिलवस्तुले आज गाउँ सभा, भेला तथा अन्तक्रिया सम्पन्न गरेको हो । जगदीसपुरमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नयाँ शक्ति नेपाल जिल्ला संयोजक नारायण खनालले देश समृद्ध बन्न नदिने तगारो वर्तमान सरकार नै भएको बताए ।

हालको सरकार चरम भष्ट्राचारमा संलग्न भएको भन्दै उनले यसलाई नियन्त्रण गर्न नयाँ शक्ति पार्टी लागिपरेको बताए । देशमा वैकल्पकि शक्ति आवश्यक रहेको बताउँदै उनले नयाँ शक्ति उक्त आवश्यकता पूर्ति गर्ने दिशामा अगाडि बढेको दावी गरे । आफ्नो अधिकारका लागि आफैं अग्रसर हुन पनि उनले आग्रह गरे ।

स्थानिय तहमा पार्टिको उपस्थिति र सक्रियता बढाउन वडा स्तरीय समितिहरु गठन गर्ने कार्यतालिका अनुसार विजयनगर गाउँपालिका वडा नं ३ मा जगन प्रसाद गुप्ताको अध्यक्षतामा ३५ सदस्यीय वडा समिति गठन गरिएको कार्यक्रमका अध्यक्ष नयाँ शक्ति नेपाल विजयनगर गाउँपालिका समन्वय समिति इन्चार्ज राम निवास पु्रीले जानकारी दिए ।

गाउँ गाउँमा नयाँ शक्ति पार्टिसहितको स्वाधिन, समृद्ध नयाँ नेपाल निर्माणका लागि भ्रष्टचारलाई निर्मुल गर्न वडा तहबाटै पार्टिले निगरानी बढाउने पुरीले बताए । भ्रष्ट्रहरुलाई समाजमा उदाङ्गो बनाउने अभियानमा सदैव लागि रहने इन्चार्ज पुरीको उद्घोष थियो ।

पार्टिका संघिय परिषद सदस्य रहेका इलियास मुसलमानले नयाँ शक्तिको लागि अनुकूल अवस्था तयार भइरहेको भन्दै आन्तरिक शक्ति सुदृढीकरण गरेर देशको नेतृत्व गर्न तयार रहन कार्यकर्तालाई निर्देशन दिए । समृद्धिको नेतृत्व पुराना पार्टीले गर्न नसक्ने पुष्टि भइरहेको भन्दै उनले नयाँ शक्तिको पक्षमा माहौल सिर्जना गर्न आह्वान समेत गरे ।