गजल

० धर्मानन्द भट्ट

नपिउँदै मात्ने मान्छे, कसरी सराबी हुन्छन्?
सामन्तीको बिरोधी, कसरी रवाफी हुन्छन्?

लीला अचम्म छ यो, जो सर्वहारा भनी म चिन्थे,
हेर्नूस् कसरी तीं मान्छे, कमाउँबादी हुन्छन्?

ठान्छन् स्वयम् जो आफू, सर्वज्ञ मैँ हूँ भनेर,
बुझ्नू भलो हुनेछ, ती फाल्तु कवाडी हुन्छन्

कस्को भविष्य भन्छौ, कस्लार्इ सराप्न खोज्छौ?
बाचूँन युगौयुग भन्ने, सबै युवक खाडी हुन्छन्

समयले दिने छैन माफी, तिमीले भनेको कुरामा
तिमीले त भन्न सक्छौ, सारा भूल माफी हुन्छन्।