रश्मिलाज फेसियल हाउसको १३ औं बार्षिकोत्सव मानब सेवा आश्रममा

काठमाडौं । काठमाडौंमा सञ्चालित रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १३ औं बार्षिकोत्सबका अवसरमा मानव सेवा आश्रममा भोजन खुवाएर मनाएको छ।

अन्तर्राष्ट्रिय स्तरको प्रबिधि र सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसले अंग्रेजी नयाँ बर्ष ०२१ तथा क्रिसमसको अवसर पारेर काठमाडौंको बुढानिलकण्ठमा रहेको मानव सेवा आश्रममा आश्रित ५६ जना वृद्धवृद्धालाई भोजन गराएको हो।

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौं मल, बिजी मलमा सञ्चालित छ ।

कोभिड १९ का कारण ब्यापार ब्यबसाय ठप्प भएको अवस्थामा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका संरक्षक प्रकाश कुमार श्रेष्ठका बुवा कानुन व्यवसारी तथा समाजसेवी स्व गोविन्दबहादुर श्रेष्ठको दुई महिनाअघि स्वर्गारोहण भएका कारण १३ औं बार्षिकोत्सव फरक ढंगले मनाइएको हो।

असाहय पीडित तथा अनाथ आश्रममा सहयोग गरेर १३ औँ वार्षिकोत्सव मनाईएको संरक्षक श्रेष्ठ बताउँछन। रश्मिलाज फेसियल हाउसले ५० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र ग्राहकको सेवा सुबिधालार्इ ध्यानमा राखेर आधुनिक पद्दतिद्वारा सम्पूर्ण सेवा प्रदान गर्दै आएको उनले बताए।

काठमाडौं मल, बिजीमलपछि छिट्टै काठमाडौंको मुख्य स्थानमा अर्को भब्य आउटलेट खोल्ने तयारि भइरहेको समेत श्रेष्ठले जानकारी गराए।

महिला तथा पुरुष ग्राहकका लागि खोलिएको केयरमा गुणस्तरलाई नै पहिलो प्राथमिकता दिइने गरेको हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले बताइन्। रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको अध्यक्ष श्रेष्ठले बताइन्।