अर्घाखाँचीमा नेवि संघको जिल्ला अधिवेशन

अर्घाखाँची ।  नेपाली काङ्ग्रेसको महासमिति बैठकका कारण भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन केही समय पछि सरे पनि अब जिल्ला स्तरका अधिवेशन हुने क्रम सुरु भएको छ । यही क्रममा अर्घाखाँची जिल्लामा सोमबार नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरको प्रमुख आथित्यतामा जिल्ला अधिवेशन उद्घाटन भएको हो ।

कार्यतालिकाअनुसार मङ्सिर २२ गतेभित्र देशभरका सबै माध्यमिक तथा उच्चमध्यामिक विद्यालयमा अधिवेशन गर्नुपर्ने, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन गर्नुपर्ने, पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुस १४ भित्र सबै जिल्लाको अधिवेशन गर्नुपर्ने र पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने थियो । तर पार्टी नेता महासमितिमा व्यस्त भएका कारण जिल्ला, गाउँ, क्षेत्र, नगरस्तरका अधिवेशन प्रभावित भएका थिए ।

महासमिति वैठकले पार्टी एक ढिक्का भएर अगाडि बढेसँगै जिल्ला अधिवेशनले गति लिने क्रम सुरु भएको अध्यक्ष नैनसिंह महरले बताए । यही क्रममा अर्घाखॉची जिल्लाको १३ औं अधिवेशन सोमावार सन्धिखर्कमा सुरु भएको छ ।