‘खुशीका पलहरू’ भिडियो सार्वजनिक

काठमाडौं । बालबालिका, असक्त तथा असहायलाई सहयोग गर्नुपर्छ भन्ने सन्देशसहितको गीत ‘खुशीका पलहरू’ सार्वजनिक भएको छ।

प्रकाश शर्मा पौडेलको शब्द, सुवास भुसालको संगीत र पुरुषोत्तम सुवेदीको स्वरमा रहेको गीतको भिडियोलाई फिल्म निर्देशक पुरन थापाले निर्देशन गरेका हुन्।

संचिता पौडेलले निर्माण गरेको भिडियोमा संचिता स्वयम्, मनिषा रायमाझी, छायाँ भुजेल, शिखा सुवेदीलगायतले अभिनय गरेका छन्।

निशुल्क रुपमा बालबालिकाको जन्मदिन मनाउँदै आइरहेको पिपल हाउस नामक संस्थाको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।