बाँधिने भयो नायक खगेन्द्र लामीछाने र नायिका सुरक्षा पन्तको जोडि

काठमाडौं– चलचित्र ‘गोपी’ को निमार्ण घोषणा भएको छ ।

राजधानीमा बुधवार एक पत्रकार सम्मेलनको आयोजना गरेर निमार्ण टिमले उक्त चलचित्रको निमार्ण घोषणा गरेका हुन् ।

गत बर्षमात्र प्रर्दशनमा आएको चलचित्र ‘घामपानी’का निर्देशक दिपेन्द्र लामाले निर्देशन गर्ने चलचित्र गोपीकोे कथा समेत लामा आफैले लेखेका हुन् ।

चलचित्र ‘डमरुको डन्डीवीयो’मा अभिनय गरेका नायक खगेन्द्र लामीछाने, नायिका सुरक्षा पन्त, अंकित खड्का लगायतले गोपी मा अभिनय गर्ने छन् ।