अभिनेत्री मौसमी मल्लले भनिन्ः मलाई चलचित्र क्षेत्रले कहिल्यै सम्झिएन

काठमाडौं । टच इन्टरटेन्मेन्ट, स्पर्श फिल्म्स तथा पेजेन्ट नेपाल इन्टरनेशनल मिडियाल पहिलो पटक ‘स्पर्श म्युजिक भिडियो अवार्ड– २०२०’ आयोजना गरेको छ ।

ललितपुरमा सम्पन्न उक्त विशेष समारोहमा नेपाली सांगीतिक क्षेत्रका सर्जकहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।

समारोहमा विभिन्न ५० विधामार्फत उत्कृष्ट सर्जकलाई पुरस्कृत गरिएको हो । समारोहको विशेष आकर्षण अभिनेत्री मौसमी मल्लको सम्मान रह्यो ।

दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी मल्ललाई वरिष्ठ नृत्य निर्देशकले ब्लकबस्टर क्विनको उपाधिसहित सम्मान गरेका थिए।

समारोहमा नृत्य निर्देश्ँक कमल राईले तीन दशक भन्दा अघिदेखि मौसमी मल्लले नेपाली चलचित्रलाई पु¥याएको योगदान स्मरण गर्दै जीवनमा पहिलो पटक उनी सम्मान भैरहेको क्षणको साक्षी बस्न पाउ“दा आफू भावुक भएको बताए।

सम्मानित अभिनेत्री मल्लले पनि नेपाली चलचित्रलाई जीवन अर्पण गरे पनि पहिलो पटक यसरी सम्मानित हुन गाउ“दा गौरवान्ति भएको बताइन् ।

‘कामले म सधैं नम्बर वान नै रहे’, तर चलचित्र क्षेत्रले मलाई कहिले सम्झिएन, आज छोराका उमेरका दुई युवा अभिनेताहरु (एसराज गराज तथा दिक्पाल कार्की) ले आफ्नो पहिलो समारोहमै मलाई सम्झिएर यसरी सम्मान गरिदिएकोमा म खुशी भएकी छु,’ अभिनेत्री मल्लले सुनाइन् ।

समारोहमा अभिनेत्री मल्लले चलचित्र झुमाको आफ्नै लोकप्रिय गीत ‘बोल बोल…’ मा नृत्य गरेर समारोहलाई मनोरञ्जक बनाइन् ।

समारोहमा वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान तथा गायिका कुन्ति मोक्तानलाई सदावहार सांगीतिक जोडीको रुपमा सम्मान गरियो ।

समारोहमा पत्रकार कृष्ण भट्टराईलाई मनोरञ्जन क्षेत्रका उत्कृष्ट पत्रकारको रुपमा पुरस्कृत गरियो।
अभिनेताद्वय एसराज गराज तथा दिक्पाल कार्कीद्वारा सञ्चालित उक्त समारोहको प्रारम्भमा अभिनेत्री पवित्रा आचार्यले आकर्षक स्वागत नृत्य गरेकी थिइन्।

कार्यक्रममा हास्य अभिनेता गोपाल ढकाल छन्देले केही व्यंग्यात्मक प्रस्तुतीमार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए।

स्पर्श म्युजिक भिडियो अवार्डमा कुमारी बैंक मुख्य प्रायोजकको रुपमा आवद्ध भएको थियो ।