राज्यले कुनै धर्मलाई काखी च्याप्नु हुँदैन : प्रचण्ड

चितवन । विवादास्पद संस्था युनिभर्सल फिस फेडेरेसनको धार्मिक उद्देश्यको कार्यक्रममा सहआयोजकसहर बनेर केपी ओली नेतृत्व सरकारको आलोचना भइरहेकै बेला सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने राज्यले कुनै धर्म विशेषलाई काखी च्यापेर कुनैलाई निषेध गर्ने नीति लिन नहुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी चितवाले मंगलबार चितवनमा गरेको पार्टी नेता सूर्य पथिक र विश्वप्रकाश सुवेदीका आमा धनकुमारी सुवेदीको शोकसभालाई सम्बोधन गर्दै उनले संविधान निर्माण गर्दा नै धार्मिक स्वतन्त्रतालाई सम्मान गर्ने कुरा गरेको बताए ।

राज्यले सबै धर्मप्रति आस्था राख्ने जनतालाई समान व्यवहार गर्नुपर्ने उनको धारणा थियो । ुकम्युनिष्ट पार्टीका नेता पुष्पलालको कुरा गरौं या नेपाली काङ्ग्रेसका बिपीको, उहाँहरु संस्कार विरुद्ध, एउटा वैज्ञानिक मान्यता, अन्धविश्वासका निमित्त वैज्ञानिक धारणा स्थापित गर्न लाग्नुभयोु, दाहालले भने ।

दाहालले जनताको आस्थालाई सम्मान गर्नुपर्ने बताउँदै भने, “तर राज्य ती विविध आस्थाप्रति निरपेक्ष रहनुपर्दछ, राज्यले भेदभाव गर्नु हुँदैन, लोकतन्त्रको आधारभूत मान्यता यही हो ।ु

शिक्षा, स्वास्थ्य र रोजगारीलाई जनताको मौलिक अधिकारको रुपमा संविधानमा परिभाषित भएको बताउँदै उनले भने, ुतर पनि हामीले विकट ठाउँमा उपचारको अभावमा सामान्य भन्दा सामान्य उपचार पनि नपाएर मृत्युवरण गर्नुपर्ने परिघटना अहिले पनि छ ।”

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेता पथिक, ईश्वरी भट्टराई र कृष्ण खनाल लगायतले विचार व्यक्त गरेका थिए ।