पाँच महीनामा तीन खर्ब राजश्व, पूँजीगत खर्च भने १३ प्रतिशत मात्रै

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महीनामा तीन खर्ब सात अर्ब २३ करोड बराबरको राजश्व सङ्कलन भएको छ ।

अर्थ मन्त्रालयका अनुसार सो अवधिमा कर तथा गैरकर राजश्वसमेत गरी उक्त परिमाणमा राजश्व सङ्कलन भएको हो । प्रथम चौमासिकमा पूँजीगत खर्च भने १३ दशमलब ५० प्रतिशत मात्रै भएको छ । विकास निर्माणको काममा उल्लेख्य खर्च हुन नसकेको मन्त्रालयको समीक्षाले समेत देखाएको छ । यस्तै चालू खर्च भने १४ दशमलब शून्य पाँच प्रतिशत रहेको छ ।

वैदेशिक सहायतातर्फ प्रमथ पाँच महीनामा ऋणतर्फ ९३ अर्ब ६९ करोड र अनुदानतर्फ १८ अर्ब ४४ करोड गरी कूल एक खर्ब १२ अर्ब १३ करोड परिचालन भएको छ । सरकारले हालसम्म आन्तरिक ऋण परिचालन गरेको छैन । अर्थ मन्त्रालयका अनुसार सोमबार सम्पन्न समीक्षा बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले पूँजीगत खर्च बढाउनुपर्नेमा जोड दिएका छन् ।