कोरोना महामारीका बीच पनि नेवार सुन्दरी प्रतियोगिता हुने

काठमाडौं । नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपालले निरन्तरता पाउने भएको छ।

कारोना भाइरसको महामारीले अधिकांश क्षेत्र प्रभावित भए पनि आयोजक नेप्लिज फेशनहोमले यस वर्ष पनि मिस नेवाः नेपाल प्रतियोगितालाई निरन्तरता दिने जनाएको छ।

आगामी फागुन७ राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा १५औं संस्करणको मिस नेवा ः नेपाल ११४१ आयोजना हुने भएको हो।

मिस नेवाःका प्रतिस्पर्धीले वेष्ट स्कीन, वेष्ट हेयर र वेष्ट पर्सनालिटीका लागि आईतबार राजधानीको सुन्धरास्थित काठमाडौं मलमा रहेको ग्लो ब्युटि स्टुडियोमा आफ्नो सुन्दरता थप आकर्षक बनाएका छन्।

एनएफएच इभेण्टको सहकार्यमा ग्लो ब्युटि स्टुडियोले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रतिस्पर्धीहरुले आपूmलाई थप सुन्दरी बनाउने प्रयास गरेका हुन्।

मिस नेवाःका प्रतिस्पर्धी लाई क्लिजिङ, हेयरवास, थेडिङ, फेसवासलगायतका सेवा दिइएको ग्लो ब्युटि स्टुडियोका म्यानेजिङ डाइरेक्टर तथ मोडल दीपासा बिसीले जानकारी दिइन्।

सो अवसरमा आयोजक तथा नेप्लीज फेशनहोमकी अध्यक्ष हेमा मानन्धरले मिस नेवाःका प्रतिस्प्रर्धिलाई ग्लो ब्युटि स्टुडियोले थप सुन्दर बनाई दिएकोमा धन्यवाद दिइन।