नेपाल आईडल उत्कृष्ट सातौँ प्रतिस्पर्धी उल्सन श्रेष्ठको सांगीतक कोसेली “हुरि आयो” सार्वजनिक(भिडियो)

काठमाडौं – नेपालमै पहिलो र बहु चर्चित बनेको इन्टर नेशनल रियालिटि शो नेपाल आईडलमा अन्तीम सात सम्म आइपुगेका रकस्टार तथा गायक उल्सन श्रेष्ठको पहिलो साङ्गितिक कोशेली “हुरि आयो” सार्वजनिक भएको छ ।

उनले नेपाल आइडलबाट वाहिरिएको लामो समय पटि आफ्ना फेन तथा फलोअर्सको लागी आफ्नै स्वर, शब्द, संगीत रहेको “हुरि आयो” बालेको गीत सार्वजनिक गरेका हुन् ।

उनको गीतमा हर्कुलस श्रेष्ठको संगीत संयोजन रहेको छ ।

उनको गीतको म्युजिक भिडियोमा चर्चित नायिका आँचल शर्मा, ईन्जमाम अलि खान र उल्सन आफैंले पनि अभिनय गरेका छन् ।

योर स्टाइल इन्टरटेन्टमेन्टले बजारमा ल्याएको भिडियोमा आँचल शर्माको सबैलाई रुवाउने
चर्चित निर्देशक नितिन चन्दले निर्देशन गरेको भिडियोमा सुरेश नेपालीले छायांकन र डिन्सन शाहले सम्पादन गरेका छन् ।

यस अघि नेपाल आईडलका सन्ध्या जोशी, राहुल बिस्वास, केन्जल मेहर श्रेष्ठ, प्रमिला राई, निशान भट्टराई, बुद्ध लामा, सागर आले, सुजाता पाण्डे, सुरज थापा र प्रताप दासले नेपाल आईडल पश्चात साङ्गितिक कोशेली बजारमा ल्याईसकेका छन् ।