राजघतानीको लोकप्रिय अभिनेत्री बन्ने चाहना

काठमाडौं । प्रमिता राजघतानी नेपाली सिनेमा तथा मोडलिङमा सक्रिय अनुहार हो। सुरु गरेको छोटो समयमै उनले दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्।

टेलिसिरियल, ब्यापारिक विज्ञापन तथा चलचित्रमा समेत उनले पाइला टेकेकी छन्। अहिले युवा पुस्ताले रुचाएको सिने संसार तथा मोडलिङ क्षेत्र हो।

युवा पुस्ताको आकर्षण रहेको रंगीन संसारमा आफूलाई स्थापित गर्न लागिपरेकी कलाकारका रुपमा निचिन्छन् प्रमिता। यसका लागि उनले आफूलाई सँधै सक्रिय राख्ने गरेकी छन्। मोडलिङ क्षेत्र हुँदै चलचित्रमा नायिका बनेकी प्रमिताले दर्जनौ फेसन सोहरुमा कला प्रस्तुत गरिसकेकी छन्।

सुपर नेक्स्ट टप मोडलमा फर्स्ट रनरअपको उपाधि हात पारेकी उनले विभिन्न राष्ट्रिय स्तरमा हुने कार्यक्रममा आफ्नो नृत्य तथा अभिनय प्रस्तुत गरिसकेकी छन्।

स्नातक दोस्रो वर्षमा अध्ययनरत उनी अभिनय, नृत्यसँगै सुन्दर अनुहार र आकर्षक शरीर भएकी कलाकारका रुपमा पनि आफूलाई स्थापित गर्न चाहन्छिन्। उनी आउँदा दिनमा सिनेजगतमै स्थापित हुन चाहन्छिन्। भन्छिन्, ‘यो क्षेत्र मेरो प्यासन हो, म यसैमा भविश्य खोज्दैछु।’

सिन्धुपाल्चोकमा जन्मिएर काठमाडौंलाई कर्मथाले बनाएकी मोडल प्रमिता राजघतानी केही समयमै चलचित्रमा नायिकाको रुपमा प्रस्तुत हुन लागेको बताउँछिन्।

सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने मोडल प्रमिताले भनिन्, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु’

उनी जीवनलाई संघर्षको रुपमा बुझ्छिन्। सफलताको शिखर चढ्ने सिँढी नै संघर्षलाई मान्छिन्।