सिन्दूर लाउने हौली माया भन्दै थानेश्वर

काठमाडौं । आधुनिक तथा नेपाली गजल गायनमा स्थापित बन्दै गरेका गायक थानेश्वर गौतमले कर्णप्रिय गजल शैलीको गीत बजारमा ल्याएका छन् ।

सिन्दूर लाउने हौली माया, चुरा लाउने हौली
मध्य रातमा मीठा मीठा, कुरा लाउने हौली …।

भन्दै छवी चालिसेका शब्दमा आफै संगीत भरेर स्वर दिएका छन् । हेमन्त शिशिरले एरेन्ज गरेको गीतको म्युजिक भिडियोमा नीता, छवी, उपकार आदीले अभिनय गरेका छन् ।

आर्टलाई स्थान दिइएको म्युजिक भिडियोमा सुन्दर पेन्टिङ प्रस्तुत गरिएको छ । पेन्टिङ ओम गुरुङको हो । अर्जुन तिवारीको टिमले खिचेको भिडियो सम्पादन भरत रेग्मीले गरेका हुन् । सुव्रत आचार्यले भिडियो निर्देशन गरेका छन् ।