कालिकोटका अग्नीपीडितलाई सांसद कर्माले दिए एक लाख

काठमाडौं । नेपाली कांग्रेसकोतर्फबाट समानुपातिक तर्फका सांसद कर्मा घलेले कालिकोटका अग्नीपीडितलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । पुस ९ गने कालिकोटको पलाता गाउपालिकामा आगलागी हुँदा ८७ घर जलेर नस्ट भएका थिए ।

खाडा गाउँका अग्नीपीडितलाई उपलब्ध गराएको एक लाख रकमको चेक सांसद लामाले कालिकोटका काँग्रेस सभापति हर्ष बमलाई हस्तान्तरण गरेका हुन् । आगलागीमा ८७ घर जलेर नस्ट हुनुका साथै वस्तुभाउसहित लाखौ मुल्यको सामान समेत नस्ट भएको थियो । आगलागीमा परि ७ जना घाइते भएका छन ।

नगद हस्तान्तरण पछि सांसद घलेले घटनाबारे आफूले विभिन्न सञ्चारमाध्य र साथीहरुबाट जानकारी पाएपछि आफू कुनै भूगोल बिशेषको मात्र नभई सम्पूर्ण देशभरीका जनताको मतबाट सांसद भएकाले मानवीय समवेदना स्वरुप सहयोग गरेको बताए ।

सहयोग रकम बाफतको चेक बुझ्दै नेपाली कांग्रेस कालिकोटमा सभापति बमले विपतको घडीमा सांसद घलेले गरेको सहयोग ठूलो साथ भएको बताए । उनले आगलागीबाट पीडितहरु चिसोको समयमा त्रिपाल मुनी बसिरहेका र खाद्यान्न, लत्ताकपडालगायतको समस्या भएकाले सम्पूर्ण निकायसँग सहयोगका लागि अपिल समेत गरे ।

आगलागी पिडितलाई नेपाली कांग्रेस केन्द्रीय समितिकोतर्फबाट प्रति परिवार १० हजारका दरले नगद सहयोग गर्ने निर्णयसमेत यसअघि नै भइसकेको छ ।