द फेसमा २६ जना प्रतिस्पर्धी, शनिबार अन्तिम प्रतिस्पर्धा

काठमाडौं– मोडलिङ क्षेत्रमा व्यावसायिक मोडल भित्र्याउने उद्देश्यले मोडलिङ प्रतियोगिता ‘द फेश’ आयोजना हुँदैछ।

प्रतियोगिताको लागि प्रतिस्पर्धीहरू अन्तिम चरणमा पुगेका छन्। केही हप्ताको अभ्यासपछि उनीहरू अन्तिम प्रतिस्पर्धाको तयारीमा पुगेका हुन्।

शनिबार बेलुका साँढे ५ बजेपछि ललितपुरका झम्सिखेल स्थित द अर्वन हबमा ‘टी एफ द फेस’ मोडल कन्टेस्टको अन्तिम प्रतिस्पर्धा हुन लागेको हो।

अन्तिम प्रतिस्पर्धाका लागि २६ जना युवा युवती विभिन्न अभ्यास गरिरहेका छन्। काठमाडौका विभिन्न फेशन इन्स्टिच्युट र बुटिकले तयार पारेका डिजाईनमा सजिएर मोडलहरू र्याम्पमा उत्रने छन्।

द फेशको अन्तिम प्रतिस्पर्धामा उत्रन तयार प्रतियोगीहरुमा सुर्जिना श्रेष्ठ, हेमन जोशी, सोफिया भण्डारी, क्रान्ती चन्द, निश्चल दत्त, सारिका कटवाल, निना बुढाथोकी, अभिषेक गिरी, क्रिस्टिना अधिकारी, कृति हमाल, अनोज विश्व, अन्जना बराईली, सन्ध्या तामाङ, नारायण प्याकुरेल, अस्मिता बराल रहेका छन् ।

यस्तै शुशिल चौधरी, बिना महर्जन, निर्माला धिमाल, युद्ध बानियाँ, रोजिना माझी, प्रश्ना सिंह ठकुरी, नाजरुल मियाँ, कृपा अधिकारी, ब्रबिम श्रेष्ठ, स्विकृति प्याकुरेल र सितल श्रेष्ठ पनि यो प्रतियोगिताका ग्रान्ड फिनालेमा प्रस्तुत हुँदैछन्। उनीहरुलाई मोडल तथा कोरियोग्राफर सृजना रेग्मीले विभिन्न प्रशिक्षण दिईरहेकी छिन ।

यु क्यान फ्लाई अर्थात युसिएफले यो पेजेन्ट आयोजना गरिरहेको छ। कार्यक्रम सँयोजक समीक्षा हुमागाईका अनुसार बिजेताले विभिन्न उत्पादनमा मोडलिङ, र्यम्प शोसहित धेरै अबसरहरु प्राप्त गर्नेछन् ।