अध्यक्ष सिग्देल सम्मानित

काठमाडौं । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल सम्मानित भएका छन् । नवलपरासीमा देवि प्रसाद सुवेदी स्मृती राष्ट्रिय पत्रकारिता पुरस्कारबाट उनलाई सम्मान गरिएको हो ।

कार्यक्रममा स्वर्गीय पत्रकार तिर्थराज भुसाललाई कृष्णलाल पराजुली स्मृति पत्रकारिता पुरस्कारबाट मरणोपरात्न सम्मान गरिएको छ। भुसालको सम्मान तथा पुरस्कार नवलपुर एफएमका प्रमुख तथा भुसालकी धर्मपत्नी मुना दाहाललाई हस्तान्तरण गरिएको छ ।