० नवीन चिराग
के बन्नु बाहाडी शोभा नै नहुने
खरी धुपमा राडी शोभा नै नहुने
मायाप्रेम भन्ने जोडीको खेल रैछ
बिजोरको खेलाडी शोभा नै नहुने
भरी कलश जस्तै रहेछ जवानी
पोखिए पछाडि शोभा नै नहुने
जति सुन्दर माला लगाइ देऊ मुर्दालाई
चित्ताको अगाडि शोभा नै नहुने