गजल -भुँडीको चिन्ता गर्नेहरू नेता हुन्छ

० धर्मानन्द भट्ट

अनुहार धप्प बलेको छ, ती गाला हेर्दै बुझिन्छ
परिश्रम कति गरेछौ तिम्रा, पैताला हेर्दै बुझिन्छ

विचारले सुन्दर–कुरुप हुन्छ मैले बुझेको सायद,
नबुझ्नेहरूले भन्छन, मान्छे छाला हेर्दै बुझिन्छ

सबै कुरा भन्नु पर्ने मुर्ख सोच्छौ तिमीले मलाई,
अघोषित उद्देश्यहरू तिम्रो चाला हेर्दै बुझिन्छ

रहर पुर्‍याउन सकिन अर्कै कुरा हो बुझेको छु,
कति रहर गर्छौ ती घाँटीका, माला हेर्दै बुझिन्छ

केवल भुँडीको चिन्ता गर्नेहरू नेता हुन्छ यहाँ,
यिनीहरूले विकास गर्छन ‘साला’ हेर्दै बुझिन्छ