मेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ : विदेशमन्त्री ब्लिंकेन

एजेन्सी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत स्थितिमा फर्किएको बताएका छन्।

महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकांक्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको उनले बताए।

बीबीसीलाई दिएको आफ्नो पहिलो अन्तर्वार्तामा ब्लिंकेनले कोभिड १९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिएका छन्। अन्तर्वार्ताको क्रममा कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गरे।

अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन निर्वाचित भएपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कैयौँ निर्णयलाई उल्टाइएको छ। यसअघि बाइडेनले चीनका समकक्षीसँग टेलिफोन वार्ता गर्दै चीन र अमेरिकाबीच चिसिएको सम्बन्धमा सुधार ल्याउने प्रयास गरिसकेका छन्।