थप ८० जनामा कोरोना, सबैभन्दा बढी उपत्यकामा

काठमाडौं । पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ।

गत २४ घण्टामा काठमाडौंमा ३६, ललितपुर ११ र भक्तपुरका दुई गरी काठमाडौं उपत्यकामा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२१ जना निको भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ६९ हजार ८७६ पुगेको छ।