अस्पतालसहितको विश्वकै नमूना जहाज उत्तरी चीनमा परीक्षण

एजेन्सी । एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको छ।

१७४ मिटर लम्बाई र २८.६ मिटर चौडाइ रहेको सो जहाज अत्यधिक गतिमा चल्ने क्षमता भएको अस्पतालसहितको सुविधासम्पन्न पानीजहाज हो। जहाजभित्र २७७ वार्ड तथा ६४१ शैया रहेको तियानजिङ सिङ्गाङ जहाज निर्माण कम्पनीले जनाएको छ।

जहाज निर्माण कम्पनीका अनुसार जहाजभित्र पाँच तारे होटेल र सुविधासम्पन्न अस्पतालमा उपलब्ध हुने सबै खालका सेवाहरू जडान गरिएका छन्।

जहाजको गति, आवाज र अन्य पक्षहरूलाई समुद्री परीक्षणका क्रममा जहाज धनीले प्रशंसा गरेको कम्पनीले बताएको छ।