ट्राफिक प्रहरीलाई छल्न खोज्दा स्कुटरलाई बसले हान्यो, एक महिलाको निधन

ललितपुर। ललितपुरको जावालाखेलबाट एकान्त कुना जाने सडकमा ट्राफिक प्रहरीलाई छल्न खोज्न एक स्कुटर चालक महिलाको निधन भएको छ।

प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटर चालक करिब ३३ वर्षिया महिला चालको ज्यान गएको हो। जावलाखेलबाट एकान्तकुना जाने सडकमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला स्कुटर चालक महिला भाग्न खोज्दा पछाडिबाट आइरहेको बा २ ख ३५७४ नम्बरको बसले ठक्कर दिएको थियो।

ललितपुर प्रहरीका अनुसार चेकिङ छलेर अगाडि बढ्न खोज्दा स्कुटर लडेको थियो। सोही समयमा पछाडिबाट आएको बसले किचेको थियो।

महिलाको साथमा कुनै कागजात नभएको प्रहरीले बताएको छ। उनीसँग मोबाइल समेत नभएकाले पहिचान हुन सकेको छैन। बसका चालकलाई भने नियन्त्रणमा लिइएको छ।