कंसाकारलाई कालोमोसो

काठमाडौं । सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई वाइडबढी खरिद प्रकणका मुख्य दोसी भएको प्रतिवेदन बुझाएलगत्तै उनलाई कालोमोसो दलिएको छ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को युवा संगठनले नेपाल वायुसेवा निगमका महाप्रबन्धक कंसाकारलाई मोसो दलेको हो।

नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै क्रान्तिकारी माओवादी निकट युवा लिगका सदस्यले कंसाकारलाई कार्यकक्षमै पुगेर शुक्रबार मोसो दलेका हुन् ।

शुक्रबार दिउँसो ४ बजे कार्यकक्षमै पुगेर युवा लिगका सदस्यले कंसाकारलाई मोसो दलेका हुन् । क्रान्तिकारी माओवादी निकट युवा लिग नेपालका सदस्यले भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत कंसाकारलाई मोसो दलेको युवा लिगले जनाएको छ ।

क्रान्तिकारी माओवादीले दलाल, तस्कर र भ्रष्टारविरुद्धमा देशभर अभियान चालेको अभियान अन्तर्गत कंसाकारलाई मोसो दलिएको लिगले जनाएको छ ।