बालबालिकालाई सौन्दर्य प्रतियोगिता

काठमाडौं । बालबालिका सम्वन्धी सौन्दर्य प्रतियोगीता हुने भएको छ । ‘लिटिल स्टार अफ द इयर २०१९’ का ६५ प्रतियोगी प्रशिक्षणमा छन् । थापाथलीस्थित होटल ब्लुबडमा उनीहरु प्रशिक्षण मार्फत योग्य बन्ने क्रममा छन् । राजधानीमा आयोजित १२० सहभागी प्रारम्भिक चरणको अडिसनबाट ६५ प्रतियोगी छानिएका थिए ।

प्रतियोगी शिर्ष उपाधी चुम्ने उदेश्यले सोमबारबाट नियमित प्रशिक्षणमा जुटेका हुन् । प्रारम्भिक चरणको अडिसनमा सहभागी १२० मध्यबाट अन्तिम चरणका लागि यी प्रतियोगी छानिएका हुन् । प्रतियोगीलाई प्रशिक्षण मार्फत निखार्ने काम मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार बिरेन्द्र हमाल, तेन्जु योन्जन, सन्तोष भुजेल लगायतले गरिरहेका छन् ।

प्रशिक्षणको क्रममा उनीहरुले संगीत, गायन, नृत्य, ब्याक्तित्व विकास, सामाजिक उत्तरदायत्व, बालअधिकार, अनुसासन, पब्लििक स्पिकिङ लगायत विषयको ज्ञान लिने प्रतियोगीताको कोडिनेटर गीता पुरीले जानकारी दिइन् । प्रतियोगीताको कोअडिनेटरमा अन्जु शर्मा, रस्मिना मट्टराई समेत रहेका छन्, भने सह कोअडिनेटरको रुपमा शुशान्तकाजी श्रेष्ठ रहेका छन् । एनोवेसन इवेन्ट म्यानेजमेन्टले यो प्रतियोगीता सुरु गरेको हो ।