प्रथम राष्ट्रपति चिकित्सकीय सेवामा फर्कने संकेतले दिएको सन्देश

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले शनिबार एक सार्वजनिक कार्यक्रममा आफू चिकित्सकीय सेवामा फर्कने संकेत गरेपछि विभिन्न मिडियामा प्राथमिकताका साथ यो समाचारले स्थान पाएको छ । सामाजिक सञ्जालहरुमा पनि उहाँको यो संकेतलाई सकारात्मक सन्देशका रुपमा टिप्पणी गरिएको छ ।

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा कार्यकालपछि सामान्य नागरिक सरह जीवन यापन गरिरहेकोबेला हाम्रा पूर्व भीआईपीले त्यसो गर्न नसकेको बरु राज्यको ढुकुटीबाट मनग्य सेवासुविधा मात्रै लिइरहेको बेला प्रथम राष्ट्रपति यादवले गरेको संकेल आगमी पुस्तका लागि पनि पाठ हुने रुपमा धेरैले टिप्पणी गरेका छन् ।

जसरी हुन्छ राज्यको दोहन गर्ने प्रवृति बढेका बेला सक्रिय राजनीतिमा नरहेका यादवले चिकित्सकीय सेवामै फर्कने ईच्छा देखाउनु अन्यलाई पनि कर्मशील बनेर खाउन भन्ने सन्देश जाने धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले टिप्पणी गरेका छन् ।

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रथम राष्ट्रपति यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका थिए । उनले सरकारी अस्पतालमा दैनिक एक घन्ट सेवा गर्ने गरी काम गर्ने सोच बनाएको बताएका छन् ।

यादव राजनीतिमा आउनुभन्दा अघि बीपी कोइरालाको निजी चिकित्सक थिए । कोइरालाकै संगतमा उनी राजनीतिमा आएका हुन् । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि आंशिक प्रध्यापन गर्ने बताउँदै आएका छन् । राज्यको उच्च तहमा पुगेकाहरुले यसरी जानको पेशा व्यवसायमा फर्कने हो भने त्यसले राज्यको भार कम मात्रै हुने छैन आगामी दिनमा राज्य दोहन गर्ने पात्र र प्रवृतिमा पनि कमी हुनेछ ।