मन्त्री रवीन्द्र अधिकारी सोमबार राजीनामा दिँदै !

काठमाडौं । लेखा समितिद्वार गठित उपसमिचिले वाइडबडी विमान खरीद प्रकरणमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई पनि दोशी ठहर गरी कारवाहीको सिफारिस गरेपछि मन्त्री अधिकारीले सोमबार राजीनामा दिनु मनस्थिति बनाएको उनी निकट स्रोतले बताएको समाचार वाहिरिएको छ ।

मन्त्री अधिकारीले बिहान १० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गर्ने जनता समाचार अनलाइनले समाचार प्रकाशित गरेको छ । सोमबार नै लेखा समितिको बैठक तोकिएको छ । बिहान ११ बजे बस्ने बैठकले पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन सिफारिस गर्ने तयारी गरेको बुझिएको छ ।

पर्यटन मन्त्री अधिकारीको त्रुटि देखिएको बताउँदै कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिने समितिको तयारी बुझिएपछि लेखा समितिको सिफारिसअगावै मन्त्री अधिकारीले राजीनामा दिने तयारी गरेको अधिकारी निकट स्रोतले बताएको छ । मन्त्री अधिकारी आइतबार अबेरसम्म बालुवाटारमा छलफलमा रहेको बुझिएको छ ।