भारतीय राजदूतावासले मनायो विश्व हिन्दी दिवस

काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले त्रिभुवनविश्वविद्यालय अन्र्तगतको हिन्दी केंद्रीय विभागको सहकार्यमा बिहीबार विश्व हिन्दी दिवस मनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा होटल हयातमा विश्व हिन्दी दिवस मनाइएको हो ।

उक्त अवसरमा नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले विश्व हिन्दी दिवसका अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको संदेश पढेर सुनाएका थिए । गोपाल ठाकुर तथा गुरूदेव कामतद्वारा हिन्दीका प्रख्यात कविका रचनामाथि साङ्गीतिक प्रस्तुति दिएका थिए । गायिका सरस्वती खत्रीले पनि साङ्गीतिक काव्य प्रस्तुति दिएकी थिइन् ।

सो अवसरमा केन्द्रीय हिन्दी विभाग, त्रिभुवन विश्वविद्यालयको वेबसाइटको लोकार्पण गरिएको छ । कार्यक्रममा प्रमुखअतिथि मन्त्री अधिकारी र राजदूत पुरीद्वारा नेपालका आदिकवि भानुभक्त आचार्यका कविताहरुको हिन्दी अनुवादसहित २ बटा हिन्दी पुस्तकको लोकार्पण गरिएको थियो ।

स्व. अटल बिहारी वाजपेयीका ५१ वटा कविताहरुको नेपालीमा अनुवाद गरेका लेखक शिवदत्त ढकाललाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रमको अन्तमा कवि गोष्ठी गरिएको थियो । गोष्ठीमा १५ कविले रचना वातन गरेका थिए ।