तेस्रो लिङ्गी भूमिकाको किताब बजारमा

काठमाडौं । तेस्रो लिङ्गीको पहिलो किताब बजारमा आएको छ । तेस्रोलिङ्गी भूमिका श्रेष्ठको आत्मकथा कुन्ज थिएटरमा लोकार्पण गरिएको हो । भुमिका श्रेष्ठको आत्मकथा ‘भुुमिका’ कलाकार रमेश उप्रेती , नायिका रेखा थापा, पूर्व मिस नेपाल मल्भिका सुब्बाले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

कार्यक्रममा लेखन कुन्जका अध्यक्ष कमल ढकालले हरेक मान्छेलाई किताबमा बदल्ने अभियानको पछिल्लो कडिका रुपमा भुमिका श्रेष्ठको आत्मकथा आएको बताए । उनले भने, ‘तेस्रो लिङ्गीलाई बुुझने माध्यमको रूपमा यो किताब माईलस्टोन हुनेमा आशावादी छु ।’
कार्यक्रममा नीलहिरा समाजका अध्यक्ष पिङ्की गुरुङले नेपालमा आफूलाई अझै अपहेलित र तल्लो दर्जाको रूपमा हेरिएकोमा रोष ब्यक्त गरे । उनले यो किताबका माध्यमबाट त्यो कुरा चिरिने आसा व्यक्त गरेका थिए ।

कार्यक्रममा समिक्षात्मक टिप्पणी गर्दै साहित्यकार तथा पत्रकार अश्विनी कोईरालाले पुस्तकले धर्मका कुरादेखि विकास र साहित्यलाई जोडेकोमा खुशी ब्यक्त गरे । कलाकार रेखा थापाले भूमिकालाई आफूले पहिलेदेखि चिनेको तर आज लेखिकाको रुपमा चिन्न पाउँदा गर्व लागेको बताइन् । स्टेजमा रहेको भुमिकाको आमालाई देखाउँदै ‘आमाले छोरी जन्माएको तर उनी ‘हिरो’ भएको जिकिर गरिन् ।

कलाकार रमेश उप्रेतीले किताबले मानवीय जनजीवनको महत्वपूर्ण पाटो समेटेको बताए । लेखक भुमिकाले आफूहरुलाई छोरीको रुपमा हेर्न सामुुहिक आग्रह गदै आफू छोरी भएकोमा गर्व लागेको बताइन् । पूर्व मिस नेपाल माल्भिका सुुब्बाले भुमिकाले ‘भुमिका’को रुपमा नागरिकता पाएको दिन अझ खुशी लाग्ने बताइन् ।