वैशाख १९ बाट शिल्पीमा नाटक ‘तीन बहिनी’

काठमाडौं – आगामी बैसाख १९ बाट काठमाडौंको शिल्पी नाटकघरमा नाटक ‘तीन बहिनी’ मञ्चन हुने भएको छ ।

रसियन नाटककार एन्टोन चेखवद्धारा लिखित नाटकको नेपाली अनुवादामा नाटक मञ्चन हुने भएको हो। नाटकलाई नेपाली अनुवादक मेघराज अधिकारिले अनुवाद गरेका हुन्।

परिकल्पनाकार तथा निर्देशक घनश्यान श्रेष्ठको निर्देशनमा प्रर्दशनमा आउने नाटकमा सुष्मा कोइराला, शान्ती गिरी, श्रीओम रोदन, युवराज घिमीरे, अर्जुन न्यौपाने, श्याम खड्का, अन्ना देउजा, विकाश जोशि, जिवन बराल, अमुल श्रेष्ठ। सुरेश जिसी, सुनिशा बजगाई, अश्मीता खनाल, सुलभ पाण्डे लगायतका कलाकारको अभिनय रहने छ ।

बैसाख १९ गते बाट प्रर्दशनमा आउने नाटक हप्ताको एक दिन मंगलबार बाहेक हरेक दिन साँझ ५ः३० र शनिवार दिनको १ बजे पनि प्रर्दशन गरिने छ।